दोलखामा सर्वाधिक पुरस्कार  रासिको फुटबल प्रतियोगिता हुँदै

2151

चरिकोट । प्राकृति तथा सांस्कृतिक सम्दाले सम्पन्न सुन्दर हिमाली जिल्ला दोलखामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रासिको फुटबल प्रतियोगिता हुने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका तत्कालीन पोलिट ब्युरो सदस्य तथा सगरमाथा आरोही स्वर्गिय प्रकाश दाहालको स्मृतिमा दोलखामा सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटवल प्रतियोगिता हुने भएको हो।
आयोजक पुर्नसँगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) र सह- आयोजक  दोलखा जिल्ला फुटवल संघले आईतवार पत्रकार सम्मेलन गर्दै आगामी मँसिर १ गतेदेखि ७ गतेसम्म सदरमुकाम चरिकोटमा प्रतियोगिता हुने बारे जानकारी गराईएको छ।
चरिकोट स्थित टुँडिखेल मैदानमा हुने प्रतियोगितामा देशभरबाट १२ वटा उत्कृष्ट टिम सहभागि हुने र सहभागि टिमलाई खाना र बस्न समेतको व्यवस्था हुने अयाोजक सँस्थाका कार्यक्रम सँयोजक मिनकुमार शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार, द्धितिय हुने टिमले १ लाख २५ हजार र तृतिय हुने दुई वटा टिमले ३०/३० नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।
चरिकोट स्थित टुँडिखेल मैदानमा हुने प्रतियोगितामा देशभरबाट १२ वटा उत्कृष्ट टिम सहभागि हुने र सहभागि टिमलाई खाना र बस्न समेतको व्यवस्था हुने अयाोजक सँस्थाका कार्यक्रम सँयोजक मिनकुमार शिवाकोटीले जानकारी दिनुभयो ।  प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार, द्धितिय हुने टिमले १ लाख २५ हजार र तृतिय हुने दुई वटा टिमले ३०/३० नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टलाई नगद १०/१० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिता आयोजना गर्न करिव ४४ लाख खर्च लाग्ने आयोजक सँस्थाको अनुमान छ । प्रकाश स्मृति कप फुटवल प्रतियोगिताको नेकपाका अध्यक्ष एवँ पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने र समापन स्वर्गिय प्रकाशकी श्रीमती एवँ खानेपानी तथा सरसफाई मन्त्री विना मगरले गर्ने कार्यक्रम तय भएको सँयोजक शिवाकोटीले जानकारी दिनुभयो । उद्घाटन र समापन कार्यक्रममा राष्ट्रिय कलाकारहरुको साङ्गितिक प्रस्तुती र स्थानीय झाँकि समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय स्तरको प्रकाश स्मृति कप फुटवल प्रतियोगिताको मुख्य आयोजक रिनेजम नेपाल रहे पनि प्रतियोगिताको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सह–आयोजक दोलखा जिल्ला फुटवल सँघ रहेको छ । सँघका जिल्ला अध्यक्ष गोविन्द श्रेष्ठले प्रतियोगितालाई मध्यनजर गरी टुँडिखेल मैदानको मर्मत/सम्हार तथा तार जाली लगाउने काम दशैं लगत्तै सुरु हुने बताउनुभयो । नेकपा अध्यक्ष प्रचण्डका छोरा प्रकाशको २०७४ साल मँसिर ३ गते ३६ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । तत्कालिन एकिकृत नेकपा माओवादीका नेता समेत रहेका प्रकाशको स्मृतिमा पहिलो पटक दोलखामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here