सपना भइन् पहिलो ‘मिस दोलखा’

3961

चरिकोट,दोलखा । दोलखा इतिहासमै पहिलो पटक भएको मिस दोलखा प्रतियोगिताको उपाधि सपना चौलागाईंले हात पार्न सफल हुनुभएको छ ।
इन्स्टिच्युट अफ ब्राइट इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताका २१ जना प्रतियोगीहरुमा भीमेश्वर नगरपालिका वडा नम्बर–४ जीलुका सपना चौलागाईं मिस दोलखा २०१८ बन्न सफल हुनुभएको हो । उहाँलाई मिस नेपाल उषा खड्कीले क्राउन, ५० हजार नगद, ट्रफी, गिफ्ट ह्याम्पर प्रदान गरि सम्मान गर्नुभएको छ ।
त्यसैगरी भीमेश्वर नगरपालिका वडा नम्बर –६ का पविना थापा फस्ट रनर अप हुनुभएको छ भने भीमेश्वर नगरपालिका वडा नम्बर–३ कि अनुसा रिजाल सेकेन्ड रनर अप र भीमेश्वर नगरपालिका वडा नम्बर–२ कि प्रकृति श्रेष्ठ थर्ड रनर अप हुन सफल भएका छन् ।
प्रतियोगितामा फस्ट रनर अप र सेकेन्ड रनर अपलाई क्रमशः नगद ३० हजार र २० हजार सहित ट्रफी, गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
त्यसै गरि थर्ड रनर अप प्रकृति श्रेष्ठलाइ क्राउन र गिफ्ट ह्यम्पर प्रदान गरिएको ब्राइट इभन्ट म्यानेजमेन्टका अध्यक्ष राजन बुढाथोकीले जानकारी दिनुभयो ।
अध्यक्ष बुढाथोकीले प्राकृतिक तथा सांस्कृतिक रुपमा सम्पन्न दोलखामा एउटा नयाँ कार्यक्रमको स्थापना भएको र सम्पुर्ण महिलाहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने भूमिकामा कटिबद्ध रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।
शनिबार साझ भएको प्रतियोगितामा उषा खड्की (मिस नेपाल २०००) दिक्पाल कार्की ( मिस्टर मोडल अफ दि वर्ल्ड ) रजिन श्री आचार्य ( फिटनेस मोडल थ्रेटर आर्टिस ) पुर्निमा लामा (नायिका तथा निर्माता) ले निर्णायक मण्डलको भुमिका निर्वाह गनुभएको थियो ।
त्यसैगरी चर्चित गायीका मिना निरौलाले ठमेल बजार, काले दाई जस्ता चर्चित गीत गाएर प्रतियोगितामा सहभागीहरुको माहोलमा उर्जा थप्नु भएको थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here