परोकार महिला साकोसले भवन निर्माणलाई सहयोग

625

चरिकोट । नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणको लागि परोकार महिला साकोसले सहयोग गरेको छ । परोकार महिला बचत तथा ऋण सहकारी संस्था लि.को सातौ वार्षिक साधारण सभाको अवसरमा पत्रकार महासंघको भवन निर्माणको लागि पाँच हजार सहयोग गरेको हो ।
सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको यस साकोसले पत्रकार महासंघको भवन निर्माणको लागि साकोसका अध्यक्ष शर्मिला सापकोटाले पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई नगद पाँच हजार हस्तान्तरण गर्नुभएको थियो ।
भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई र संघकै पूर्वअध्यक्ष शिवजी राउतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  सभामा परोकार महिला साकोसका सचिव अप्सरा चौलागाईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्रजना न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here