प्रहरीले सक्रियता बढाएसंगै दुर्लभ वन्यजन्तु सालकको खपटा सहित २ पक्राउ

908

चरिकोट (दोलाखा) असोज २३ गते । पछिल्लो समय संरक्षित वन्यजन्तुको चोरी शिकारी तथा तस्करीको हब बन्दै गएको दोलखामा प्रहरीले सक्रियाता बढाएसंगै तस्करीहरु धमाधम पक्रन थालेका छन् ।
दोलखा प्रहरीले सक्रियता बढाएसंगै २ के.जी ९ सय ग्राम दुर्लभ वन्यजन्तु सालकको खपडा सहित दुई जनालाई भीमेश्वर नगरपालिका वडा नम्बर–३ लामाचौर जङ्गल स्थित महादेव मन्दिर नजिकैबाट पक्रउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर–३ का २३ वर्षीय अर्जुन देवकोटा र सोहि स्थानका १९ वर्षीय सौरभ गोले रहेको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले जानकारी दिनुभयो ।
संरक्षित वन्यजन्तु सालकको खपडा बिक्री बितरणको लागि लादै छन् भन्ने गोप्य सुचनाका आधारमा निजहरूलाई अपराह्न ४ बजे प्रहरी टोलीले पक्राउ गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
पक्राउ परेका दुवै जनालाई अनुसन्धान गरी कार्वाहीका लागि डिभिजन वन कार्यालय दोलखामा बुझाइने प्रहरीले जनाएको छ ।
सालकको खपडासहित पक्राउ परेका आरोपी देवकोटा र गोले दुवैलाई वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्दा दर्ता गरिने डिभिजन वन कार्यलय दोलखाले जनाएको छ । डिभिजन वन कार्यलयका प्रमुख गोविन्द दहालले अपराध ठहरिए ५ वर्षदेखि १५ वर्षसम्मको कैद र ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here