दोलखा प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

1073

चरिकोट (दोलखा), असोज २२ गते । नजिकिदै गरेको चाडबाडलाई मध्येनजर गर्दै सामाजिक सुरक्षाका लागि दोलखा प्रहरीले अवैध रुपमा उत्पादन गरी विक्री वितरण गर्न राखिएको घरेलु मदिरा नष्ट पार्ने कार्यक्रम तिब्र बनाएको छ ।
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ का विभिन्न पसल तथा भट्टीमा उत्पादन गरी विक्री वितरणको लागि राखिएको पाँच सय ५० लिटर अवैध घरेलु मदिरा र मदिरा उत्पादनमा प्रयोग हुने तीन हजार २ सय केजी कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।
चाडबाडको समयमा मदिरा सेवन गरी विभिन्न अपराधिक गतिविधि बढ्न सक्ने कुरामा ध्यान दिदै त्यस्ता अवाञ्छित गतिबिधि नियन्त्रण गर्नका लागि अवैध घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको दोलखा प्रहरी प्रमुख प्रहरी नयव उपरीक्षक बासुदेव पाठकले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यलय दोलखाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको घरेलु मदिरा र त्यस्को कच्चा पदर्थलाई स्थानिय बुद्धिजिवी, भद्रभलाद्मी र समाजसेवीको रोहवरमा सोही स्थानमा सोमबार नष्ट गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here