कालिञ्चोक गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेहरुको स्वास्थ्य जाँच

1262

चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन आउनेहरुको स्वास्थ्य समेत जाँच गरिएको छ।
गाउँपालिकाको वडा नम्बर – ६ का ज्येष्ठ नागरिक, एकल महिला, अपांग र दलित बालबालिकाहरुलाई सामाजिक सुरक्षा भत्ता बाड्ने क्रममा स्वास्थ्य  समेत जाँच गरिएको हो।
नजिकिँदै गरेको चाडबाडमा खानपिनमा ध्यान नदिँदा अशक्तहरुले थप समस्य बेहोर्नुपरेको घट्नाहरु यसअघि प्रशस्तै पाईएकोले त्यसैलाई मध्येनजर गरि भत्ता वितरणसंगै स्वास्थ्य जाँच कार्यक्रम समेते राखिएको लापिलाङ स्वास्थ्य चौकीका इन्चार्ज भगवती अधिकारीले जानकारी दिनुभयो ।
असोज १९ गतेदेखि २१ गतेसम्म चलेको कार्यक्रममा पाटा, सुंगुरे, लेप्टुङ, गोदुङ, बलम्बु, गुजर्पा गाउँका गरि दुई सय ४९ जनाको स्वास्थ्य जाँच गरिएको छ।
चार महिनाको एकमुष्ट ८ हजार सामाजिक सुरक्षा भत्ता बुझ्न आएकाहरुको प्राथमिक स्वास्थ्य , रक्तचाप जाँच गर्नुका साथै चाडबाडमा खानामा ध्यान पुर्‍याउनुपर्ने सल्लाहसंगै स्वास्थ्य परामर्श समेत दिईएको स्वस्थ चौकी इन्चार्ज अधिकारीले बताउनुभयो ।
उहाँकानुसार स्वास्थ्य जाँच कार्यक्रममा स्वस्थ चौकी र वडा कार्यलयका ११ जना कर्माचारीहरुले सहजीकरण गरेका थिए।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here