बहिरा बालबालिकाहरुको साथमा मिस दोलखाका प्रतियोगीहरु

1638

दोलखा। भीमेश्वर नगरपालिका वडा नम्बर- ३ चिसापानी देउराली डाँडा स्थित भीमेश्वर बहिरा प्राथमिक बिद्यालयका बालबालिकाहरुको साथमा मिस दोलखाका प्रतियोगीहरु देखिएका छन् ।
प्राकृतिक तथा संस्कृतिक रुपमा भरिपुर्ण सुन्दर हिमाली जिल्ला दोलखामा इतिहासमै पहिलोपटक हुन गइरहेको ‘मिस दोलखा’ का प्रतियोगीहरुले शनिबार बहिरा बालबालिकाहरुका साथमा खाजा, खेल र आपसी भलाकुसारीका साथमा केहि समय बिताएका हुन् ।
असोज २७ गते सदरमुकामा हुन गइरहेको  मेघा इभेन्टमा भाग लिन ३ हप्ते तालिम लिइरहेका प्रतियोगीहरुमा समाजसेवी भावको विकास गर्नका लागि सो कार्यक्रम गरिएको आयोजक ब्राइट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष राजन बुढाथोकीले जानकारी दिनुभयो।
कार्यक्रमका लागि कोरियग्राफर विवेक श्रेष्ठले प्रतियोगीहरुलाई सदरमुकाम चरिकोटमा तालिम दिइरहेका छन्। तालिममा क्याट वाल्क सहित  स्टेज कभरेजको तरिका, अात्मा विश्वका तरिका, आन्तरिक कला उजागरका तरिका, प्रश्नउत्तर गर्नै शैली लगाएत  सिकाईरहेको प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
छोरी मान्छे भित्र रहेको भित्री सुन्दरतालाई बाहिर ल्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राजन बुढाथोकीले बताउनुभयो।
प्रतियोगितामा १६ बर्षदेखि २८ बर्ष ननाघेका दोलखा जिल्लाका २२ जना महिलाहरु सहभागी हुने भएका छन्।
मिस दोलखामा सहभागि भएर प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश: ५० हजार, ३० हजार र २० हजार नगद सहित प्रमाणपत्र, ट्रफि लगाएत अन्य पुरस्कारहरु वितरण गरिने आयोजकले जनाएको छ ।अतिथिहरुको साथमा मिस दोलखाका प्रतियोगीहरु  

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here