सगुनको छैठौं वार्षिक साधारणसभा सम्पन्न, शेयर पुजी १६ लाख भन्दा बढि

399

दोलखा, चरिकोट । सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
२०६८ साल जेठ २५ गते भीमेश्वर नगरपालिका वडा नम्बर-३ र वडा नम्बर – ६ लाई कार्यथलो बनाउदै स्थापन भएको संस्थाको साधारणसभा सदरमुकाम चरिकोटमा सम्पन्न भएक हो।
प्रमुख अतिथि मेयर भरत बहादुर केसीले उद्घाटन गर्नुभएको कार्यक्रममा संस्थको सचिब लुङ्गु लामाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, कोषाध्यक्ष वीर बहादुर तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
छैंठौ वर्षसम्म आईपुग्दा संस्थाले बाल सदस्य सहित ७ सय १८ जना सदस्य बनाइसकेको छ। त्यसैगरी शेयरपुजी हालसम्म १६ लाख ४० हजार नौँ सय आठ रुपैयाँ  पुर्‍याउन सफल भएको छ।
कोषाध्यक्ष वीर बहादुर तामाङले प्रस्तुत गर्नुभएको आर्थिक प्रगति प्रतिवेदन अनुसार संथाले ८३ हजार सात सय तीन रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा सदस्य संख्या बढाएर   नौ सय पुर्‍याउने र २० लाख रुपैयाँ सम्म शेयर पुजी  वृद्धि गर्ने लक्ष्य लिएको छ।
संस्थाको अध्यक्ष नवीन लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी ऋषि न्यौपाने सहित संस्थाका पहिलो सदस्य, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणी लगाएतलाई नगदसहित सम्पन्नपत्रले सम्मान गरिएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here