मिलिजुलीको अार्थिक पत्रकारिता पुरस्कार यूनियन अध्यक्ष चौलागाईंलाई

493

चरिकोट । अन्तर्राष्ट्रिय स्तरको मापनमा  एक्सेस सिल्भर ब्रान्ड पाउन सफल मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले प्रेश युनियन दोलखाका अध्यक्षलाई आर्थिक  पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
संस्थाको २५ अौँ वार्षिक साधारणसभाको अवसरमा आयोजित एक कार्यक्रमका माझ अध्यक्ष दिपशंकर चौलागाईं लाई नगद पाँच हजार पाँच रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरिएको हो।
२० वर्ष देखि पत्रकारिता क्षेत्रमा कलम चलाई सिंगो दोलखाली समाजमा राजनीतिक, सामाजिक र आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
“संस्थाले निरन्तर रुपमा प्रविधिकयुक्त सेवा दिनको लागि योजना बढाई अगि बढीरेहेको छ।” उहाँले भन्नुभयो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएको प्रविधिको विकास र सहकारी संस्थामा गर्न सकिने प्रयोगको लागि संस्थाले कुनै कसर राख्ने छैनौं ।”
शेयर सदस्यहरुले आफ्नो खातामा रकम घरमा बसेर नै हेर्न मिल्ने मोबाइल बैंकिङ सेवा उपलब्ध गराईरहेको बताउदै अध्यक्ष श्रेष्ठले शेयर सदस्यहरुलाई संस्थामा राखिएको रकम निकाल्न सकिने गरि ए.टि.एम. सेवा उपलब्ध गराउने लक्ष्य लिएको समेत बताउनुभयो ।
यसैगरी मिलिजुली साकोसले सदरमुकाम चरिकोटबाट प्रशारण हुँदै आएको हाम्रो रेडियोले आर्थिक तथा सहकारी अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले सहकारी सम्बन्धि विभिन्न रेडियो कार्यक्रम सञ्चालन गरी सहयोग पुर्‍याएको भन्दै सञ्चार माध्यम तर्फको पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। रेडियोलाई नगद तीन  हजार पाँच  सय रुपैयाँ सहित सम्मान–पत्र प्रदान गरिएको छ ।
मिलीजुली साकोसको २५ औं बार्षिक साधारण सभाको भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले उद्घाटन गर्नुभयो । साधारण सभामा सँस्थाका कार्यवाहक सचिव कृष्णप्रसाद अधिकारीले बार्षिक नीति तथा कार्यक्रम र प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरुना बस्नेतले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा असल ऋणी, असल बचतकर्ता, नियमित बचतकर्ता, असल कर्मचारी, दैनिक उत्कृष्ट बचतकर्ता, स्थापना कालका सदस्य, पूर्व सञ्चालक, पूर्वलेखा समिति, पूर्व कर्मचारी र एसईई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी लगायतलाई नगद सहित सम्मान गरिएको छ ।
६ हजार ७ सय ६३ जना वाल बचतकर्ता सहित संस्थामा २३ हजार ९ सय १० सदस्य रहेको मिलिजुली बचत तथा ऋण सहकारी सँस्थाको कूल बचत ५८ करोड ६७ लाख १ हजार ७ सय ७७ रुपैयाँ, ऋण लगानी ७१ करोड १९ लाख ५५ हजार ९ सय ७० र शेयर पूँजी ७ करोड १० लाख रहेको छ।
साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी सँघका अध्यक्ष जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका कोषाध्यक्ष कृष्ण प्रसाद दाहाल, जनकल्याण साकोसका अध्यक्ष रामचन्द्र बस्नेत, सहकारीकर्मी गोकुलध्वज कार्की, संस्थापक अध्यक्ष एवम् सल्लाहकार रामदास श्रेष्ठ र संस्थापक सदस्य चेतबहादुर केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको छ  ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here