तामाकोसी गाउँपालिकामा ट्याक्टर दुर्घटना

495

चरिकोट । दोलखाको तामाकोसी गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ।
गाउँपालिकाको वडा नम्बर ३ स्थित ठुलोखोला ढुङ्गेमा ना ६ त ११३५ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते भएका छन्।
दुर्घटनामा परि मेलुङ गाउँपालिका – ४ का २५ वर्षीय चालक  बिनोद अधिकारी र रामेछाप जिल्ला दोरम्वा गाउँपालिका- १ बस्ने १८ वर्षीय सहचालक महेशचन्द्र राय घाइते भएको दोलखा प्रहरीले जनाएको छ।
रामेछापको मिल्तीबाट धोविखोला तर्फ जादै गर्दा  विहान ११ बजेको समयमा अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
दोलखा किर्नेटारबाट खटिएका प्रहरीको सहयोगमा घाईतेलाई उपचारका लागि काठमाडौ लाने पहल भईरहेको प्रहरीले बताएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here