बहुमुल्य पुरातात्विक स्वर्ण लिपी बौद्ध ग्रन्थ सहित ३ पक्राउ

588

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकामा बहुमुल्य पुरातात्विक स्वर्ण लिपी ग्रन्थ सहित तीन जना पक्रउ परेका छन् ।
छालामा सुनले लेखिएको पुरातात्विक ग्रन्थका पानाहरु बिक्री बितरणको लागी बोकी हिडेको अवस्थामा भीमेश्वर नगरपालिका वडा नम्बर –९ स्थित खरीढुङ्गाबाट तीन जनालाई पक्रउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा भिमेश्वर नगरपालिका वाडा नम्बर–३ तार्थलीका शिवहरी थापा, गौतम टोलका उद्धब गौतम र टेक बहादुर थामी रहेको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुको साथबाट बौद्ध ग्रन्थ अष्टसहस्रिका प्रज्ञापारमिताको ४९ थान विचका पानाहरु फेला परेको छ ।
करिब १९ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको ग्रन्थ सहित पक्रउ परेका सबैलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुुसार मुद्दा चलाईले दोलखा प्रहरीले जनाएको छ ।
दोषी ठहरिए ऐनको १३ (५) अनुसार पच्ची हजार रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै हुने र अपराध सम्बन्धी वस्तु जफत हुने प्रहरी प्रमुख पाठकले प्रष्ट पार्नुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here