भीमेश्वर हार्डवयरद्वारा पत्रकार महासंघको भवन निर्माणका लागि निर्माण सामाग्री सहयोग

535

चरिकोट । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि न्यू भीमेश्वर हार्डवयर एण्ड सप्लायर्स चरिकोटले सिमेन्ट सहयोग गरेका छन् ।  सप्लायर्सका प्रोपाईटर श्याम सुन्दर शिवाकोटीले आज २० बोरा सिमेन्ट पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई प्रदान गर्नुभएको हो ।
महासंघको भवन चरिकोटमा निर्माण भईरहेको छ । भवन निर्माणको लागि विभिन्न संघसंस्था, सहकारी र व्यक्तिहरुमार्फत रकम सहयोग गर्दै आएको छ । महासंघको भवन हाल डिपिसी सकेर पिलर उठाउने कार्य हुँदैछ । दुई सय वर्गमिटर जग्गामा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्य महासंघले लिएको छ ।
नवौ साधारण सभाले यही चैत्र १६ गतेभित्रमा आफ्नै भवनमा कार्यालय सञ्चालन गर्ने गरी भवन निर्माण कार्य तीव्रता दिएको छ । भवनमा कार्यक्रम हल, फोटो ग्यालरी, मिनी संग्रहालय, आर्ट ग्यालरी र दोलखा जिल्ला झल्किने खालको निर्माण हुनेछ । २१ लाख रकमबाट भवन निर्माण कार्य सुरु गरेकोमा हाल भीमेश्वर नगरपालिका, गाउँपालिका लगायतले सहयोग गर्ने क्रम जारी छ । हालसम्म ३१ लाखभन्दा बढी रकम संकलन भइरहेको छ । 

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here