दोलखाली आरकेटी ग्रुपको बैसालु माया सार्वजनिक 

3148

चरिकोट । दोलखाको पहिलो सांगीतिक समूह अारकेटी ग्रुपको वैशालु माया सार्वजनिक भएको छ।
२०५७ सालमा स्थापना भएको आरकेटी ग्रुपको एल्बम ‘आरकेटी भोल्ट टु’ को वैशालु माया बोलको गीतलाई मंगलबार यूट्युब तथा अन्य सञ्चार माध्यममार्फत सार्वजनिक गरिएको आरेकेटी समुहले जनाएको छ ।
वेस्टर्न गायक तेन्जिङ सेरब लामाको स्वर रहेको वैशालु मायालाई संगीतकार आर्सी (रामचन्द्र) थापाले अरु भन्दा फरक र पृथक तरिकाले संगीत दिएका छन्।
स्थापन कालमा एल्बम ‘आरकेटी भोल्ट वान’को ‘जिन्दगीको यात्रा’ बोलको गीत सार्वजनिक गरेर ख्याती कमाईसकेका सांगीतिक समुहको ‘वैशालु माया’मा शब्द कुलराज थापाको रहेको छ भने संगीत संयोजन दिपक थापाले गरेका हुन् ।
हरि न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको भिडियोमा दोलखाली कलकार ईश्वर बल्लब उप्रेती, सृजना थापा र सुरज तिमल्सिनाले मोडलको भुमिका निभाएका छन् । भीडिलाई किशोर अनुरागले निर्देश गर्नुभएको छ।
अधिकांश छायांकन दोलखमा गरिएको मोलोडियस गीतलाई जनता डिजिटलले बजारमा ल्याएको छ।
गीतको भिडियो हेर्ने तल क्लिक गर्नुहोस् 

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here