दोलखामा पहिलोपटक  प्रजातान्त्रिक प्राध्यापक संघ गठन: अध्यक्षमा  न्यौपाने

1707

चरिकोट। दोलखामा पहिलो पटक प्रजातान्त्रिक प्राध्यापक संघ गठन गरिएको छ । चरिकोट बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नवराज न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय प्रजातान्त्रिक प्राध्यापक संघ दोलखाको गठन गरिएको हो ।
संघको उपाध्यक्षमा सीताराम घिमिरे, सचिवमा रविचन्द्र घिमिरे, सहसचिवमा सुरेश घिमिरे, कोषाध्यक्षमा अजितकुमार झा सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरु रामचन्द्र दुलाल, सिर्जना सुवेदी, चन्द्रप्रकाश घिमिरे, शम्भु गौतम, ढालबहादुर जिरेल, मुरारि दुलाल, डम्बर चौलागाईँ चयन भएका छन् ।संघको संरक्षकमा चरिकोट क्याम्पसका प्रम’ख कृष्णबहादुर गौतम रहेका छन् ।
संघको पहिलो बैठकले अर्धवार्षिक रुपमा ‘दोलखा शैक्षिक सोपान’ नामक बुलेटिन प्रकाशन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि शम्भु गौतमको संयोजकत्वमा ३ सदस्यीय प्रकाशन समिति गठन गरेको छ । सो समितिको सदस्यहरुमा सीताराम घिमिरे र रविचन्द्र घिमिरे रहेका छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here