जिल्लामै पहिलोपटक हुन लागेको ‘मिस दोलखा’को ट्रेनिङ सुरु

3149

चरिकोट । प्राकृतिक तथा संस्कृतिक रुपमा भरिपुर्ण सुन्दर हिमाली जिल्ला दोलखामा इतिहासमै पहिलोपटक हुन गइरहेको ‘मिस दोलखा’ को लागि ट्रेनिङ सुरु भएको छ।
आयोजक ब्राइट इभेन्ट म्यानेजमेन्टले शनिबार चरिकोटमा एक कार्यक्रमक‍‍ो आयोजना गरि मिस दोलखा प्रतियोगितामा सहभागी भएका २५ जना प्रतियोगीहरु सहित ट्रेनिङ सुरु गराएको हो।
कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठक, आवाज नेपालका अध्यक्ष सिर्जना कार्की, उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्की, पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, मिसेस तिज २०१८ विन्दिया श्रेष्ठ लगायतले मिस दोलखाको महत्त्व र अपनाउनुपर्ने सजकता बारे जानकारी गराइएको अध्यक्ष राजन बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँकानुसार कोरियोग्राफर विवेक श्रेष्ठले प्रतियोगीहरुलाई सदरमुकाम चरिकोटमा २० दिन तालिम दिइनेछ।
उहाँले छोरीमान्छे भित्र रहेको सुन्दरतालाई बाहिर ल्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको र कार्यक्रमले जिल्लामा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने दावी गर्नुभयो।
प्रतियोगितामा १६ बर्षदेखि २८ बर्ष ननाघेका दोलखा जिल्लाका महिलाहरु सहभागी हुन पाउने र प्रतियोगिता दोलखाको प्राकृतिक र सांस्कृतिक सम्पदासंग सम्बन्धित हुने बताइएको छ।
मिस दोलखामा सहभागि भएर प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश: ५० हजार, ३० हजार र २० हजार नगद सहित प्रमाणपत्र, ट्रफि लगाएत अन्य पुरस्कारहरु वितरण गरिने आयोजकले जनाएको छ ।
मिस दोलखाको मेघा इभेन्ट असोज २७ गते राष्ट्रिय स्तरका कलाकारहरुको साथमा सदरमुकाम चरिकोटमा हुने बताइएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here