दोलखाली युवा नेपाल आइडलको उत्कृष्ट २० मा पर्न सफल:हेर्नुस गिरीको धमकेदार प्रस्तुती

2591

दोलखा।  मानिसमा हरेक किसिमका कला, क्षमता र सीप भएत पनि सबैले आफ्नो क्षमता बाहिर ल्याउन सकिरहेका हुँदैनन् ।
कोहीले आफ्ना क्षमता, सीप कलालाई  बाहिर ल्याउन चाहे पनि उचित स्थान पाउन नसकिरहेका अवस्था हुन्छ।
तर जसले आफ्ना कला, क्षमता र सीपलाई बाहिर ल्याउन सक्छन् उँ निश्चय नै  सबैको मनमा बस्न सक्छ र बसेको हुन्छ।
सुन्दर हिमाली जिल्ला दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर- ५ मा जन्मेर काठमाडौको शंकरदेब क्याम्पसमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत पवन गिरि पनि  आफ्नो क्षमतालाई बाहिर ल्याउन चाहन्छन्।
सानैदेखी गायन, लेखन, संगीतमा रुची राख्ने  गिरीलाई पारिवारिक समस्या र  नाजुक आर्थिक स्थितिका कारणले आफ्नो कला बाहिर प्रस्तुत गर्ने उचित वातावरण पाएका थिएनन् ।
संगीत सिक्ने र गायक बन्ने मन हुदाँहुँदै पनि परिस्थितिले अन्तै अलमलाएका गिरीलाई अहिले एपीवानमा संचालन भईरहेका नेपाल आईडल उनको क्षमता देखाउने फोरम बनेको छ । र अवसर पनि।
‘नेपाल आईडल सिजन-टु’ को उत्कृष्ठ २० भित्र पर्न सफल भएका उनलेे  विशेष गरि बेस्टन ज्याज टाईपको गीत गाउने गरेका छन्।
आर्थिक अभावकै कारण पर्याप्त मात्रामा गीत संगीत सिक्न नसकेपनि उनी पछिल्लो दुई वर्ष यता केही न केही तरिकाले गीत संगीतमा आवद्ध समेत हुन थालेका थिए।
आफ्नो चाहाना पुरा गर्न र पकेट खर्च जुटाउनका लागी आफुले चिनेका साथीहरुसंग कहिलेकाही ठमेलका क्लबहरुमा गएर गित गाउने  गर्दछन् ।
काठमाडौं स्थित आरआर क्याम्पसमा पालेको काम गर्ने बाबु भिम बहादुर गिरीको तलबले ईच्छा अनुसार संगीत सिक्न नसकेको गिरीले अहिले आफ्नो क्षमता नेपाल आईडलमा प्रस्तुत गरिरहेका छन् ।
बच्चा देखीको गायक बन्ने सपना पुरा गर्न नेपाल आईडलमा सहभागी भएका उनी नेपाल आईडल जितेर आफ्नो सपना पुरा गर्न चाहान्छन् ।
उनले सबैलाई नेपाल आईडलमा आफ्नो प्रस्तुतीलाई हेरेर भोट गरि सहयोग गरिदिन समेत आग्रह गरे ।

हेर्नुहोस पवन गिरीको धमकेदार प्रस्तुति

 

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here