प्रेस युनियनको अध्यक्षमा चौलागाईं निर्वाचित

512

चरिकोट। नेपाल प्रेस युनियन जिल्ला शाखा दोलखाको अध्यक्षमा दिपशंकर चौलागाईं निर्वाचित हुनुभएको छ।
सदरमुकाम चरिकोटमा शुक्रबार भएको आठौं अधिवेशनले चौलागाईंको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा रविन्द्र गौतम, महिला/समावेशी उपाध्यक्षमा निर्जला आचार्य, सचिवमा श्याम खतिवडा, कोषाध्यक्षमा गोकर्ण भण्डारी र सहसचिव (महिला/समावेशी) मा कल्पना सापकोटा निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष रामजीप्रसाद चौलागाईंले जानकारी दिनुभयो।
त्यसैगरी सदस्यहरुमा कैलाश लामा, बलराम शिवाकोटी, सोभियत उप्रेती, बाबुराम थापा, धनराज तामाङ, प्रकृति श्रेष्ठ, सुमी बस्नेत (महिला समावेशी) र रणिमाया थामी (आदिवासी जनजाति महिला) निर्वाचित भएका छन्।
त्यस्तै संघीय महाधिवेशन प्रतिनिधिमा शम्भु गौतम, रविन्द्र गौतम, श्याम खतिवडा, गोकर्ण भण्डारी, सुवास योञ्जन, नवराज शिवाकोटी, लालकुमार मोक्तान, कैलाश लामा, बलराम शिवाकोटी, सोभियत उप्रेती, डम्बर चौलागाईं, राजन बस्नेत, मुरारी दुलाल, विनिता सुवेदी, निर्जला आचार्य, कल्पना सापकोटा र कविता खतिवडा निर्वाचित भएका छन्।
त्यसैगरि प्रदेश महाधिवेशन प्रतिनिधिमा भरत नारायण प्रधान, सुमन शिवाकोटी, धनराज तामाङ, डिल्लीनाथ सापकोटा, राजेस बस्नेत, राजकुमार दहाल, कुमार चौलागाईं, अनमोल बस्नेत, हरि गौतम, बैकुण्ठ उप्रेती, विवेक चौलागाईं, निकेश श्रेष्ठ, प्रशुराम जोसी, जनार्दन चौलागाईं, बाबुराम थापा, छविन्द्र प्रसाद चौलागाईं, प्रकाश भण्डारी, उपेन्द्र सुवेदी, भवनी खड्का, सुनिता ढुंगेल, सरस्वती अधिकारी, प्रकृति श्रेष्ठ, सुमी बस्नेत र सिर्जना श्रेष्ठले प्रधान निर्वाचित भएका छन्।
नयाँ कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्वाचित ५६ जनालाई नै केन्द्रीय प्रतिनिधि डा. मुरारी अधिकारी सहितले प्रमाणपत्र प्रदान गरिएको निर्वाचन मण्डलले जनाएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here