नगद पुरस्कार सहित पहिलोपटक हुन लागेको ‘मिस दोलखा’ प्रतियोगिताको लागि भदौ मसान्तसम्म फर्म भरिसक्नुपर्ने

1443

चरिकोट। प्राकृति धार्मिक र सांस्कृतिक रुपमा सुन्दर दोलखामा पहिलोचोटि ‘मिस दोलखा’ प्रतियोगिता हुने भएको छ।
पछिल्लो समय दोलखामा लुकिएका प्रतिभा र कलाकारिता क्षेत्रको उजागर गर्दै अघि बढेका ब्राइट इभेन्ट म्यानेजमेन्टले सो कार्यक्रमको आयोजना गर्न लागेको हो।
सदरमुकाम चरिकोटमा पहिलो पटक सुरु हुन लागिएको मिस दोलखाको लागि असोज १ गतेबाट ट्रेनिङ  सुरु हुने र १६ बर्षदेखि २८ बर्ष ननाघेका दोलखा जिल्लाका महिलाहरु सहभागी हुन पाउने ब्राइट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष राजन बुढाथोकीले जानकारी दिनुभयो । उहाँकानुसार मिस दोलखामा सहभागी हुनको लागि यहि भदौ १३ गते बाट मसान्तसम्म फर्म भरिसक्नुपर्ने छ ।
मिस दोलखामा सहभागि भएर प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश: ५० हजार, ३० हजार र २० हजार नगद सहित प्रमाणपत्र, ट्रफि लगाएत अन्य पुरस्कारहरु वितरण गरिने आयोजकले जनाएको छ ।
जिल्लामा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको म्यानेजमेन्टका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
मिस दोलखाको मेघा इभेन्ट असोज २० गते राष्ट्रिय स्तरका कलाकारहरुको साथमा सदरमुकाम चरिकोटमा हुने बताइएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here