चित्र कोर्दै राष्ट्रिय पुस्तकालय दिवस मनाइयो

334

दोलखा। ‘समृद्ध पुस्तकालय,सुदृढ समाज’ भन्ने मुल नाराका साथ दोलखा सदरमुकाम चरिकोटमा ११ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ ।
गौरीशंकर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा आधारभूत तह नगर स्तरीय चित्रकला प्रतियोगिता गरि शुक्रबार दिवस मनाइएको हो ।
पुस्तकको अक्षर, शब्द र वाक्यहरु सरह चित्रकलाले पनि बौद्धिक ज्ञानको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने भएकोले प्रतियोगिता सञ्चालन गरिएको गौरीशंकर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा भीमेश्वर नगरपालीकाको १८ विद्यालयका ३६ जना विद्यार्थीहरुको सहभागिता जनाएको थियो ।
प्रतियोगितामा अलपाईन पव्लिक स्कुलकाका क्रिष्टिना भुजेल र समुन्द्र थापा प्रथम, त्रिपुरा ग्लोरियस एकाडेमीका उपास्ना खत्री र अभिनव राउत द्वितीय र भीम माध्यमिक बिद्यालयका सोनिका श्रेष्ठ र कालिञ्चोक माध्यमिक बिद्यालयका पुर्णीमा शेर्पा तृतीय भएका छन् ।
प्रथम द्वितीय र तृतीयलाई क्रमशः एक हजार तीन सय पचास, एक हजार र सात सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा जिल्ला न्यायाधीश कमलराज विस्ट र प्रमुख जिल्ला अधिकारी सागरमनी पाठकले पुस्तकालय बारे धारणा राखेका थिए ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here