भदाै १० देखि ग्लोबल ‘एजुकेशन मन्थ’

508

काठमाडौं। अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्न ख्याती कमाएको ग्लोबल कन्सल्टले यही भदौ १० गतेदेखि शैक्षिक मेलाको आयोजना गर्दैछ।
काठमाडौं मीनभवस्थित ग्लोबल कन्सल्टको कार्यालयमा गरिने उक्त मेलामा आठ बर्षदेखि अष्टे«लियामा माइग्रेसन एजेन्टको रुपमा कार्यरत दिपक क्षेत्रीले परामर्श दिनेछन्।
अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधि र नेपालका ख्यातीप्राप्त मनोविज्ञहरुले विद्यार्थीलाई अष्टे«लियाको शिक्षा, रोजगार र भिसासंग सम्वन्धित सम्पूर्ण विषयमा जानकारी दिने ग्लोबल कन्सल्टका प्रमुख कार्यकारी अधिकृत भोजराज न्यौपानेले जानकारी दिए ।
‘एजुकेशन मन्थ’ नाम दिइएको उक्त मेला एक महिनासम्म संचालन हुने न्यौपानेले बताए।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here