नगद पुरस्कार सहित दोलखामा पहिलो पटक मिस दोलखा हुँदै

2197

चरिकोट। प्राकृति धार्मिक र सांस्कृतिक रुपमा सुन्दर दोलखामा पहिलोचोटि ‘मिस दोलखा’ प्रतियोगिता हुने भएको छ।
पछिल्लो समय दोलखामा लुकिएका प्रतिभा र कलाकारिता क्षेत्रको उजागर गर्दै अघि बढेका ब्राइट इभेन्ट म्यानेजमेन्टले सो कार्यक्रमको आयोजना गर्न लागेको हो।
सदरमुकाम चरिकोटमा पहिलो पटक सुरु हुन लागिएको मिस दोलखाको लागि भदौ २० गतेबाट ट्रेनिङ  सुरु हुने र १६ बर्षदेखि २८ बर्ष ननाघेका दोलखा जिल्लाका महिलाहरु सहभागी हुन पाउने ब्राइट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष राजन बुढाथोकीले जानकारी दिनुभयो । उहाँकानुसार मिस दोलखामा सहभागी हुनको लागि यहि भदौ १३ गते बाट २० गते सम्म फर्म भरिसक्नुपर्ने छ ।
मिस दोलखामा सहभागि भएर प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश: ५० हजार, ३० हजार र २० हजार नगद सहित प्रमाणपत्र, ट्रफि लगाएत अन्य पुरस्कारहरु वितरण गरिने आयोजकले जनाएको छ ।
जिल्लामा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको म्यानेजमेन्टका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
मिस दोलखाको मेघा इभेन्ट असोज २० गते राष्ट्रिय स्तरका कलाकारहरुको साथमा सदरमुकाम चरिकोटमा हुने बताइएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here