आईसिवि कन्ट्रयाक्टरले नै लामोसाँघु-चरिकोट सडक अलपत्र पार्यो

823

दोलखा । राजधानी काठमाडौंबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोक र दोलखा जोड्ने सडक स्तरोन्नतिको काम अलपत्र परेको छ।
सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकारको सहयोगमा निर्माण भएको सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोट सम्मको ५५ किलोमिटर सडक अलपत्र हुँदा हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मेको साथै पहिरोको त्रास बढ्दो छ।
ठेकेदार कम्पनीमा पनि विशिष्ट श्रेणीमा गणना हुने आईसिवि  (ईन्टरनेश्नल कम्पेटेटीभ विडिङ) कन्ट्रयाक्टरले नै ढिलासुस्ती र लापरबाही ढंगले काम गर्दा सडक अलपत्र परेको स्थानीयहरु बताउँछन् ।
मानवीय, यान्त्रिक तथा आर्थिक हिसाबले अब्बल दर्जामा पर्ने आईसिबि ठेकेदार कम्पनी भित्रको अभावैअभा र बदमासीका कारण सबै काम अलपत्र परेको हो।
भारतको एक्जीम बैंकको सहयोगमा सिन्धुपाल्चोकको खाडिचौर देखि दोलखाको चरिकोटसम्म दुई प्याकेजमा सडक चौडा बनाई कालोपत्रे गर्न फरकफरक मितिमा ठेक्का लगाइएको थियो।
खाडीचौर देखि मुडेनजिकै २५ किलोमिटर सडक नर्माणका लागि भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वती/सुनौला खिम्ती जेभीले ठेक्का पाएका थिए।
भ्याटसहित ५० करोड ७२ लाख २६ हजार ४५८ रुपैयाँको लागतमा सडक चौडा र कालोपत्रे गर्ने जिम्मा उक्त कम्पनीहरुले पाएका हुन्।
अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरोन्नति कार्य दुई वर्ष अर्थात् २०१७ को अक्टोबरसम्ममा काम सकाउनुपर्नेमा हालसम्म सकिएको छैन।
पहिलोपटक २ जुन २०१८ सम्प म्याद थपेर काम गरेको ठेकेदार कम्पनीलाई दोस्रो पटक फेरि ‘मे’ अन्तिम २०१९ सम्म काम सकाउन पत्र दिइएको छ।
त्यसैगरी सिन्धुपाल्चोकको मुडेबाट दोलखाको चरिकोट स्थित देउराली डाँडासम्मको ३० किलोमिटर सडक स्तरोन्नतिको जिम्मा पाएको भारतको सकिल हैदर र नेपालको शंकर माली/सुनौला खिम्ती जेभीले पनि सडक अलपत्र छाडेका छन् ।
२०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक चौडा तथा कालोपत्रे कार्य सक्नुपर्ने भए पनि यो खण्डको काम अहिलेसम्म बन्न सकेको छैन।
भ्याटसहित ९० करोड ९६ लाख ७१ हजार ७ सय ३७ रुपैयाँमा सडक बनाउनुपर्ने काम पाएको ठेकेदार कम्पनीले पछिल्लो पटक ४ डिसेम्बर २०१८ मा काम सम्पन्न गर्ने भन्दै म्याद थपे पनि अझै काम अघि बढ्न सकेको छैन।
जम्मा दुई प्याकेजमा सडक चौडा बनाई कालोपत्रे गर्नी काम पाएको ठेकेदार कम्पनीहरुको ढिलासुस्ती र लापरबाहीलेकै कारणले गर्दा काम समयमै सम्पन्न हुन नसकेको उद्योग बाणिज्य संघ दोलखाको अध्यक्ष सुन्दर कार्कीले बताउनुभयो।
सडक बन्न अझै दुई बर्ष लाग्ने
सडक पर्यवेक्षणको जिम्मेवारी पाएका टिएमएस नर्थ स्टार  कन्सल्टेन्सीका प्रमुख राजाराम काफ्लेका अनुसार सडक बन्न अझै दुई बर्ष लाग्नेछ।
उहाँकानुसार खाडीचौर देखि चरिकोट सम्मको ५५ किलोमिटर सडक खण्डमा करिव १८० हजार घनमिटर सबबेस र बेस आवश्यक पर्छ। तर बेस र सबवेसका लागि आवश्यक पर्ने कच्चापदार्थ निर्माण गर्ने क्रसर अझै चल्न सकेको छैन।
सबबेस र बेस तयार पार्न आवश्यक कच्चा पदार्थ पनि २५ हजार घनमिटर भन्दा माथि जम्मा गर्न नसकिएको अवस्थामा ठेकेदार कम्पनीले पछिल्लो पटक थपिएको समयावधिमा समेत काम सम्पन्न गर्न नसक्ने दावी कन्सलटेन्सीका प्रमुख न्यौपानेको छ ।
खाडीचौर देखि चरिकोट सडक खण्डमा छेउ भित्ता कटिङको काम लगभग पुरै सकिएको छ। मेसिनरी तथा ग्याविन वाल लगभग सकेपनि नाला बनाउने काम केहि बाकि छ।
अहिले २५/३० जना कामदार सडक खण्डमा उतारेर ठेकेदार पक्षले त्यहीँ नाला बनाउने काम र पहिरो पन्छाउने काम गरिरहेको अवस्था छ।
सडकमा काम भइरहेको छ जस्तो देखाउन जे जस्तो काम भईरहे पनि मुख्य काम सडक कालोपत्रे (पिच) को कामसंग सम्बन्धित कुन काम नै भएको छैन्।
सरकारले भुक्तानी दिन नसकिएको भन्ने कुरा हल्ला मात्रै
भारतको एक्जीम बैंकको सहयोगमा निर्माण भइरहेको यो आयोजनामा सरकारले भुक्तानी दिन नसकिएको भन्ने कुरा पनि सरासर गलत हो भन्नुहुन्छ पर्यवेक्षण कन्सलटेन्सीका एआरई (असिस्टेन्ट रेसिडेन्ट ईन्जिनियर) अभिषेक प्रधान।कामको अाधारमा युनिटको दरले रनिङ विलको रकम एक्जिम बैंकले तुरुन्तै  उपलब्ध गराउने अवस्था छ।
ठेकेदार कम्पनीले अहिलेसम्मको कामको लगभग  ४५ प्रतिशत भुक्तानी समेत लिइसकेको अवस्था  छ ।
मुख्य काम कालोपत्रे गरि बाकी रकम भुक्तानीको लागि तयार हुनुपर्ने ठेकेदार कम्पनीको काम सुस्ताएकै कारणले अहिलेसम्म पक्की सडक बन्न सकेको छैन। जस्को प्रत्येक्ष असर स्थानीय जनता र उनीहरुको आर्थिक क्रियाकलापमा पर्न गएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here