नेपाली लायन्स संसारमा उत्कृष्ट

323

काठमाण्डौं । लायन्स क्लव्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ को पहिलो क्याबिनेट बैठक शनिबार सम्पन्न भयो ।
एरिया नम्वर एकले  काठमाण्डौंमा आयोजना गरेको उक्त बैठकको समुदघाटन गर्नुहुँदै इन्टरनेशनल डाइरेक्टर मोहम्मद अद्रेशले लायन्स क्लवको माध्यामबाट नेपालमा भैरहेको मानवीय सेवाले संसारमै नेपालीहरु प्रति सम्मान बढेको बताउनु भयो ।
कार्यक्रममा पाष्ट इन्टरनेशनल डाइरेक्टर संजय खेतानले संसारभर नेपाली लायन्स ले पुर्‍याएको योगदान प्रशंसनीय भएको बताउनु भयो ।
डिष्ट्रिक्ट गर्भनर सुनिल ओझाको सभापतित्वमा भएको कार्यक्रममा  १ हजार ३ सय जना सहभागी थिए ।
बैठकमा तीनसय छयासी वटा क्लवको सहभागिता रहेको थियो ।
कार्यक्रममा लायन्स सदस्यहरुलाई विभिन्न अवार्डले सम्मान गरिएको थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here