ट्राफिक प्रमुख भण्डारीलाई बिदाई

392

दोलखा/जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख नयन बहादुर भण्डारीलाई शुक्रवार (आज) सेतो गुराँस अनलाईनले लगाएत बिभिन्न संघ संस्थाले विदाई गरेको छ ।
ट्राफिक प्रमुख, प्रहरी नायव निरीक्षक भण्डारी दोलखाबाट सरुवा भै भक्तपुर जादै हुनुहुन्छ । उहाँलाई सेतो गुराँस अनलाईनका सम्पादक गोकर्ण भण्डारी, पत्रकार चिरञ्जीवी मास्के, दीक्षिण दैनिकका सम्पादक सिर्जनकुमार घिमिरे, दर्पण सञ्चार अनलाईनका सम्पादक प्रभु जिरेल, राम्रो पोष्टका सम्पादक कैलाश तमाङ, बुद्धनगर टोल सुधार समितिका सचिव कृष्ण श्रेष्ठ, रोयल क्याफेका संचालक पुष्कर अधिकारी लगाएतले खादा लगाएर विदाई गरेका थिए भने सेतो गुरास अनलाईनले सम्मानपत्र समेत प्रदान गरेको थियो ।
दोलखामा २५ महिना दोलखा बस्नु भएको भण्डारीले ट्राफिक ब्यवस्थापनमा राम्रो सुधार गर्नु भएको स्थानियको भनाई छ ।
ट्राफिक प्रमुख भण्डारीकै कार्यकाल अर्थात आर्थिक वर्ष २०७४/०७५ मा मात्रै ट्राफिक नियम बिपरित सवारीसाधन चलउने छ हजार २५३ सवारीसाधनलाई कार्वाही गरिएको छ।
कार्वाही वापत जरिवाना असुली ५० लाख ९ हजार ५०० रुपैयाँ बराबरको राजस्व संकलन गरिएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here