दोलखाली युवाहरुको कभर भिडियो सार्वजनिक

5623

चरिकोट। दोलखाली युवाहरूको निकैनै धमकेदार डान्स रहेको नयाँ कभर भिडियो सार्वजनिक भएको छ।
यसअघि पनि कभर भिडियो सार्वजनिक गरेर लोकप्रियता कमाएको डान्स ‘क्रु’ मा आबद्ध युवाहरुले भुपु पाण्डेको ‘छाता बोकि लैजाउ है पानी पर्ला बाटैमा’ भन्ने बोलको गीतमा कभर भिडियो बनाएका हुन।
निकै नै उत्कृष्ट नृत्य रहेको कभर भिडियोलाई युट्युब मार्फत सार्वजनिक गरिएको डान्स ‘क्रु’ ले जनाएको छ ।
कभर भिडियोकोमा डान्स ‘क्रु’ का स्थानीय कलकारहरु गणेश श्रेष्ठ, विष्णु राज गुरुङ, विष्णु शिवकोटी, नरेन्द्र तामाङ, सबनम बज्र, र निलम मगरले नृत्य गरेका छन् ।
दोलखाको मनोरम प्राकृतिक दृश्य समेत कैद भएको कभर भिडियोको छायांकन तथा सम्पादनको काम भने भीमसेन श्रेष्ठले गरेका हुन् ।
आरुस कटुवालको  निर्देशिनमा बनेको कभर भिडियोमा
विष्णु राज गुरुङले कोरियोग्राफीको भुमिका निर्वाह गरेका छन्।
अन्य कभर भिडियो पनि बनिने क्रममा रहेकोले छिट्टै अर्को नयाँ कभर भिडियो समेत सार्वजनिक गरिने डान्स ‘क्रु’ ले बताएको छ।
कभर भिडियो हेर्न क्लिक गर्नुहोस्…

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here