राष्ट्रिय रक्त संचार दिवस चरिकोटमा मनाइयो

385

चरिकोट। विश्वमा झण्डै ४ सय बर्षको इतिहास रहेको रक्तसञ्चार नेपालमा भने बल्ल ५२ बर्ष पुगेको छ । वि. सं. २०२० चैत्र २० गते नेपाल रेडक्रस सोसाइटी को स्थापना भएसंगै वि. सं. २०२३ श्रावण १२ गते नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रक्तसञ्चार सेवा सुरुवात भयो।
सोही सेवा सुरुवातको दिनलाई स्मरण गर्दै शनिवार ५२ अौँ रक्त संचार दिवस दोलखामा सम्पन्न भएको छ।
रक्तदान जिवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा शनिबार सदरमुकाम चरिकोटमा विविध कार्यक्रमकामाझ कार्यक्रम सम्पन्न भएको हो।
रक्त संचारको अवसर पारी नेपाल रेडक्रस सोसाइटीका उपसभापति मुरारी दुलालले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति गोकर्न पोखरेल जानकारी दिनुभयो।
सभापति पोखरेलले भुकम्प पछि रोकिएको बल्ड बैंक हाल पुनः सञ्चालनमा आएकोले नेपाल रेडक्रसले जुनसुकै समयमा आवश्यक रगत उपलब्ध गराउन सकिने बताउनुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमनि पाठक, जिल्ला स्वास्थ कार्यलयका निमित्त प्रमुख राजाराम कार्की, दोलखा स्थित विभिन्न स्वास्थ संस्थामा कार्यरत स्वस्थ्य कर्मी, रेडक्रस सोसाइटी सदस्य लगाएतका उपस्थिति थियो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here