ट्रन्समिसन लाईनकै कारण दोलखामा बिजुली समस्या : सिंगटी सवस्टेसन कारक बन्दै  

399

दोलखा । बिद्धुतको राजधानी भनेर चिनिने दोलखाका अधिकांश ठाउँमा दैनिक घण्टै पिच्छे बत्ती कटीरहदा जोकोहीलाई अचम्म लाग्न सक्छ । तर अब कोहि कसैले अचम्म मानिरहनुपर्ने स्थिति छैन, बिद्धुत उत्पादन मात्रै गरेर हुदैन ताकि त्यस्लाई सहि तरिकाले व्यवस्थापन गर्न नसक्दा पनि बिजुली सेवाबाट वञ्चित हुने रहेछ भन्ने कुरो सबैले बुझ्नुपर्ने समय आएको छ ।
दोलखामा उत्पादित बिद्धुतलाई राम्रोसँग प्रबाह गर्न नसक्दा अहिले जिल्लाका वासिन्दा अध्यारोमा बस्न बाध्य मात्रै छैनन् उद्योग धन्दा, कलकारखाना, व्यापार देखि पर्यटन व्यवसाय सम्मलाई सिधै असर परेको छ । छिनमै आउने र छिनमै जाने बिजुलीले अहिले सदरमुकाम चरिकोट बजार देखि जिल्लाका व्यापारिक क्षेत्रको दैनिकी नै चौपट भएको छ ।
यसरी व्यापक विद्धुतीय समस्या उत्पन्न गरि जिल्ला बासिलाई बिजुलीबाट वञ्चित गराउने कारण चाहिँ बिद्धुत ट्रान्समिसन नै हो भन्छन उमेश श्रेष्ठ ।
दोलखा बिद्युत प्रधिकरणका ईन्जिनियर श्रेष्ठले वर्षायाममा पानी परेपछि रुख ढल्ने, पहिरो जाने, जस्ता समस्याले समान्य दुःख दिएता पनि विद्युत वग्ने तारको क्षमता नै कम भएकोले दालखामा वितरित विद्युतमा समस्या आएको बताए । विद्युत मात्रे उत्पादन गर्ने र विद्युतलाई प्रसारणका निमित्त उचित ट्रान्समिसन लाईन नबनाउने हो भने यो समस्या दोलखको बिद्धुत क्षेत्रमा विकराल वन्ने उनले दावी गरे ।
बिद्धुत प्राधिकरणकानुसा रामेछापको मनथली र दोलखाको गोगर दिखि सिन्धुपाल्चोकको लामोसाँघुसम्मको ट्रान्समिसन नेटवर्किङको क्षेमता करिव १४ (२३९ एम्पियर ) मेघावाटको छ ।
हाल रामेछापको गर्जाङ्ग हाईड्रो पावर सहित दोलखाको सिप्रीङ, चर्नावती, कुथली, बोजेनी र द्रोनाञ्चल गरि ६ वटा हाईड्रो पावरबाट उत्पादिक कुल २०.४३ मेघावाट विद्युत उक्त प्रसाण लाईनमार्फत नै ओसारपसार भइरहेको छ ।
दोलखा र रामेछापमा हालसम्म उत्पादित २०.४३ मेघावट बद्युतलाई जबर्जस्ती तरिकाले १४ मोघावट सम्म मात्रै धान्ने प्रसारण लाईनमा हालेपछि विद्युत गृहहरुबाट उत्पादन भईरहेको विद्युत खेर जानुका साथै पुर्ण रुपमा विद्युत सेवामा समेत समस्या आएको हो ।
दोलखामा अझै कयौं जलविद्युत निर्माणाधीन रहेकोले आगामी दिनमा यो समस्या झनै बढेेर उत्पादित बिद्धुत समेत नास भएर जाने खतरा रहेको ईन्जिनियर श्रेेेेष्ठले प्रष्ट पारे।
अहिले दोलखा, सिन्धुपाल्चोक र रामेछापको लागि लामोसाघुको १३२/३३ केभिको सबस्टेसन मार्फत बिद्धुत व्यवस्थापन भईरहेको छ । जस्को लागि १३२ केभिको ट्रान्समिसन लाईनको आवश्यक भएता पनि त्यो नहुदा समस्या थपेको थप्यै छ ।
दोलखाको बिद्धुत उत्पादनको गति देख्दा तत्काललै संगटिमा १३२/३३ केवीको सवस्टेसन र सिंगटी देखि लामोसाघुसम्म १३२ केभिको ट्रन्समिसन लाईन आवश्यक छ। अहिले सिप्रिङबाट उत्पादित विद्युतलाई सिंगटी सवस्टेशमा व्यवस्थपन गर्न सकिएको भए चरिकोटमा खासै समस्या आउने थिएन । तर सिंगटीमा सबस्टेसन बनाउछु भन्ने ठेकेदार कम्पनीकै ढिलासुस्तीका कारण दिनानुदिन समस्या बढ्दो क्रममा छ ।
दुई वर्षमा पूरा गर्ने गरी ८ वर्ष अघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम सुरु समेत हुन सकेको छैन। प्रसारण लाइन नबन्दा दोलखाको उत्तरी क्षेत्रमा बनेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर गइरहेको छ ।
दोलखाको उत्तरी क्षेत्रमा उत्पादन हुने जलविद्युतकै लागि लक्षित गरी नेपाल विद्युत प्राधिकरणले सिङ्गटी–लामोसाँघु १३२/३३ को सवस्टेस सहित १३२ केभी प्रसारण लाइनको ठेक्का लगाएको हो । प्रसारण लाइन सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म ४० किलोमिटर मात्र रहेको छ । प्रसारण लाइनमा १ सय २१ वटा टावर मध्ये हालसम्म ६० वटाको मात्र फाउण्डेसन तयार भएको र १० वटा जति फाउन्डेसनको काम भईरहेको छ ।
सिङ्गटी–लामोसाँघु प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुङ्गेलका अनुसार विद्युत प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्ष भित्र प्रसारण लाइन र सिंगटीको सबस्टेशन समेत निर्माण गर्ने रहेको छ ।
सम्झौता अनुसार सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयामा अरावलीले ठेक्का लिएको हो । तर कम्पनीले सबस्टेसनको ८० प्रतिशत काम गरेको छ भने प्रसारण लाइनको खासै काम हुन सकेको छैन ।
समयमा काम पूरा नगरेपछि प्राधिकरणले ठेक्का तोड्ने प्रक्रियामा समेत गएको थियो । तर निजी क्षेत्रका अयोजनाका प्रबद्र्धकहरुले नै नयाँ ठेक्का लगाउँदा झन लामो प्रक्रिया हुने हुँदा त्यसैलाई म्याद थप गर्न दबाब दिएका थिए । उसको म्याद थप गरेर निर्माणाधिन जलविद्युत आयोजनाका प्रबर्द्धकाले नै त्यसको काम ३ वर्ष अघिदेखि गरे तापनि कामले गति खासै लिन सकेको छैन ।
आयोजना प्रमुख ढुङ्गेलले आउँदो माघसम्ममा आयोजनाको काम पूरा हुने दाबी गरे । उनले ठेकेदारले कामको गति बढाउने प्रतिबद्धता गरेकाले दसैंपछि ठावर उठाएर तार तान्ने काम सुरु हुने बताए ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here