शिक्षकको कुटाइबाट घाइते बालकको मृत्यु

973

चरिकोट। बालमैत्रीपूर्ण बाताबरणमा विद्यार्थीलाई शिक्षा दिईनुपर्छ भन्ने अभियानमा सिङ्गो राष्ट्र लागिरहेको अवस्थामा शिक्षककै कुटाइ खाएर एक वालकले ज्यान गुमाउनु परेको छ।
सदरमुकाम चरिकोट स्थित गौरिशंकर बोर्डिङ स्कुलमा युकेजिमा अध्यनरत ६ बर्षे सोवित बस्नेत गणीत विषयको शिक्षकको कुटाइबाट मृत्युको मुखमा पुगेको हो।
जेठ २९ र ३० गते लगातार २ दिन शिक्षक दावाके शेर्पाको  कुटाई खाएका बालकको उपचारको क्रममा आईतवार विहान ९ वजे कान्ति बाल अस्पताल काठमाडौंमा मृत्युु भएको वालकका फुपाजु शंकर वस्नेतले जानकारी दिए।
हाल बालकको शवलाई शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ। पोस्टमार्टम पछि बालकलाई काठमाडौंमै  दाहासंस्कार गरिने आफन्तले बाएका छन्।

गौरीशंकर गाउँपालिका वडा नम्बर -१ जुँगु नागारपा स्थायी घर भई हाल भीमेश्वर नगरपालिका वडा नम्बर – ३ चरिकोटमा बसोबास गरी वस्ने महेश वस्नेतका एक छोरी, दुई छोरा थिए।
जेठी छोरी पछिको सोवित पनि चरिकोट स्थित गौरीशंकर बोर्डिङ स्कुलमा युकेजिमा पढ्दथे। एकाएक बिरामी जस्तो देखिएका छोरालाई कपडा लगाउने क्रममा शरीर भरि निल डाम देखेपछि मात्रै बल्ल आमा कवि वस्नेतले छोरा पिटिएको थाहा पाईन।
सो विषयमा स्कुलका शिक्षक तथा विद्यार्थीमा कुरा बुझ्दा २९ र ३० गते बेहोस हुनेगरी गणित शिक्षक दावाके शेर्पाले कुटेको उनलाई थाहा भयो।
मास्टरको कुटाइ खाएपछि बालकको खकारमा रगत देखिने, हातखुट्टा सुन्निने गरेको आमा कविले बताईन। दुई दिन सम्म लगातार  कुटाइ खाएका घाईते बालकले  घरमा कुरा लगाएमा थप सजाय दिन्छु भन्ने शिक्षकको धम्कीका कारण बुबा, आमालाई सम्म भन्न डराएका रहेछन्। शीक्षको कुटाइको पीडा थेग्न नसकेका बालकलाई जेठ ३१ गते नै चरिकोट स्थित च्छो-रोल्पा अस्पताल भर्ना गरिएको थियो।  ३ दिनपछि घर लगिएको सोवितलाई फेरि असार ५ गते च्छो-रोल्पा अस्पताल लगेेर असार ७ गते पुनः डिस्चार्ज गरिएको थियो।
च्छो-रोल्पाको उपचारले मात्रै सन्तोष नलागेपछि बालको स्वस्थ्य जाचको लागि चरिकोट स्थित दोलखा सामुदायिक अस्पताल देखि प्रस्तावित चरिकोट अस्पताल सम्म पुर्‍याईए। तर पनि बालकको स्वस्थ्यमा सुधार आएन। असार १६ गते बालकको स्वास्थ्यमा एकाएक थप समस्या आएपछि हेलिकप्टरबाट राजधानीको ग्रान्डी अस्पताल लगिएको थियो।१०दिनको उपचारले वालकको स्वास्थ्यमा सुधार नआएपछि ग्राण्डीबाट असार २६ गते सामाकोशी स्थित टिडी हस्पिटल लगिए। त्यस्मा पनि नभएपछि श्रावण १ गते कान्ति बाल अस्पतामा लगिए। चरिकोट देखि राजधानीका सुविधा सम्पन्न अस्पतालमा डुलाउदा  समेत स्वस्थ्यमा सुधार नआएका बालक सोवित वस्नेतको अन्ततः श्रावण ६ गते आईतवार विहान ९ वजे मृत्युु भयो।

यसैबिच, गौरीशंकर बोर्डिङ स्कुलका प्रिन्सीपल सुर्यकृष्ण श्रेष्ठले शिक्षकको यातनाकै कारणबाट मात्रै बालकको मृत्यु नभएको दावि गर्नुभएको छ ।
शिक्षकको यातनापछि उपचार गरि घर लगिएका बालक एक्कासी विरामी परेर उपचारकै क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । प्रिन्सिपल श्रेष्ठले ग्राण्डी अस्पतालमा उपचारका क्रममा बालक सोवितलाई ‘भ्यास्कुलिटीज र मेनिङगोयन्सफ्यालीटि’ नामक रोग लागेको पुष्टी भएको र सोही कारण मृत्यु भएको दावि गर्नुभयो । उहाँले बालकको उपचारमा विद्यालयले सक्दो सहयोग गरेको पनि बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here