चरिकोट । तत्कालीन युवा संघ र वाइसीएल दोलखाका कम्युनिस्ट  युवाहरूले आजको एक दिन कृषकको खेतको आलीमा पुगेर श्रमदान गरेका छन्।
“समृद्धिका लागि कृषिमा आत्मनिर्भरता” भन्ने मुल नाराका साथ जिल्लाका जुझारु युवाहरूले भीमेश्वर नगरपालिका वडा नं – ४ जिलु स्थित समेरे बेसीमा एक मुरी धानको बीउ रोपेर श्रमदान गरेका हुन।
नेपालीहरुको मुख्य खान भनेकै चामल भएको र यस्को उत्पादन बढाउन निश्चित समुदाय र व्यक्तिविशेष मात्रै नभइ युवाहरु समेत लाग्नुपर्ने सन्देश दिन र कृषकको मनोबल बढाउन आफुहरुले यस्तो कार्यक्रमको आयोजना गरेएको तत्कालीन युवा संघ जिल्ला अध्यक्ष महाराज गुरुङले जानकारी दिनुभयो।
यता किसन  सनक बहादुर श्रेष्ठले पनि युवाहरूको यस्तो कार्यक्रमले आफुहरुलाई हौसला बढाएको बताउनुभयो।
रोपाइँको लागि आकाशे पानी मात्रै भर पर्नु परेकाले यस्ले बेलाबेलामा किसानलाई समस्यामा पारेको बताउदै सरकारले सिंचाइको ब्यवस्था गर्न सके धान खेतीलाई व्यवसायीक बनाउन सक्ने बताउनुभयो।
हिमाली जिल्ला दोलखाको बेँसी भेग भनेर चिनिने जिलुमा धानको अलावा गहुँ, मकै, कोदो, तोरी, आलु, गोलभेडा, प्याज, लसुन, बेसार, अदुवा, सिमी, काक्रो, सागपात , भ्यान्टा, गाजर, लगाएतका अन्न तथा तरकारी उब्जाउन सकिन्छ।
तर सिंचाइ र सडक समस्याले गर्दा उत्पादन तथा बजारीकरणमा समस्या आएको किसान कमला श्रेष्ठले गुनासो गर्नुभयो।
आर्थिक बर्ष २०७५/०७६ मा भटमासे जिलु सडकलाई नगरले ६० लाख विनियोजन गरेको बताउदै भीमेश्वर नगरपालिका वडा नम्बर – ४ का वडा अध्यक्ष  हरिबंश चौलागाईंले नाला, ग्याविन वाल र अप्ठ्यारो ठाउमा ढलान गर्दै  सडक स्तरउन्ती गर्ने योजना रहेको प्रष्ट पार्नुभयो ।
त्यसैगरी आगामी दुई बर्ष भित्र मर्याङ खोला सिंचाइलाई सुपलुङा, समेरे, मेहेले, टहले, सिंरुङ्टा, पर्दाने, घ्यानसिङे हुँदै कात्तिके सम्म पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभयो।
झन्डै डेढ सय युवाहरु उपस्थित कार्यक्रममा तत्कालीन नेकपा एमालेका जिल्ला पार्टीअध्यक्ष ईश्वर चन्द्र पोखरेल र तत्कालीन एकिकृत नेकपा माओवादीका नेता शंकर लामाले युवाहरुले विदेशी भुमीमा पसिना बगाउनुको सट्टा नेपालकै खेतबारीमा मिहेनत गर्नुपर्ने भन्दै आ-आफ्नो धारण ब्यक्त गरेका छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here