चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा तराई मूलको जस्तो देखिने अन्दाजी २८/२९ वर्षको एक बेबारीसे लास फेला परेको छ ।
शुक्रबार साँझ करिब साढे ५ बजेतिर भीमेश्वर नगरपालिका–३ स्थित तरकारी बजार नजिकै रहेको खोल्सीमा गहुँ गोरो वर्ण र ५ फिट ४ इन्च उचाइ भएको पहिचान नखुलेको एक अधबैंसे पुरुषको लास फेला परेको दोलखाका प्रहरी प्रमुख डिएसपी बासुदेव पाठकले जानकारी दिनुभयो । उनको करिब ३ दिन अघि मृत्यु भएको अनुमान गरिएको छ।
घटनास्थलको मुचुल्का गरी लासलाई पोष्टमार्टमको लागि सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले भुकम्प पुनःनिर्माणका लागि निर्माण मजदुरको रुपमा जिल्ला भित्रिएको व्यक्ति हुन सक्ने र घटना बारे तत्काल थप अनुसन्धान सुरु गरि सत्यतथ्य पत्ता लगाउने डिएसपी पाठकले जानकारी दिनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here