सम्पृता, टसि, विजेस्ना र अग्रिम भए लिटल प्रिन्स एन्ड प्रिन्सेस दोलखा

91

चरिकोट। दोलखा सदरमुकाम चरिकोटमा “लिटल प्रिन्स एण्ड प्रिन्सेस २०१८” प्रतियोगिता सम्पन्न भएको छ।
स्थानीय कला संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै बालबालिकाहरुको मानसिक र शारीरिक वृद्धि विकासमा सहयोग पुर्‍याउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने उद्देश्यका
साथ गराइएको प्रतियोगितामा सम्पृता घिमिरे , टसि शेर्पा , विजेस्ना घिमिरे र अग्रिम प्रसाईं  लिटल प्रिन्स एन्ड प्रिन्सेस हुन सफल भएका हुन्।
शनिवार भएको प्रतियोगितामा संस्कृति कार्की सिनियर गर्ल्स फस्ट रनर अप र सोनी खड्की सेकेन्ड रनर अप भएकी छिन्।
त्यस्तै सिनियर वोईज फस्ट रनर अप विशाल थामी र सेकेन्ड रनर अप आशिष पाख्रीन भएका छन्।
त्यसैगरि खुशी न्यौपाने जुनियर गर्ल्स फस्ट रनर अप र असिन श्रेष्ठ सेकेन्ड रनर अप भएकी छिन् भने जुनियर वोइज फस्ट रनर अपमा दिस्काई बस्नेत र सेकेन्ड रनर अप सक्सेस लामा भएका छन्।
प्रतियोगितामा विनर, फस्ट रनर अप र सेकेन्ड रनर अप सबैलाई क्राउन, ट्रफि, गिफ्ट ह्याम्पर प्रदान गरिएको  छ।
इन्सिच्युट अफ ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको प्रतियोगितामा जिल्ला भरिबाट जम्मा ३१ जना प्रतियोगीहरु सहभागी भएको म्यानेजमेन्टका अध्यक्ष राजन बुढाथोकीले जानकारी दिए।
१७ जना जुनियर र १४ जना सिनियर कन्टेस्टेन्ट सहभागी भएको कार्यक्रमका लागि दुई महिना अघिदेखि कोरियोग्राफर विवेक श्रेष्ठद्वारा तयारी कक्षा चलाइएको थियो ।
कक्षा १ देखि कक्षा ४ सम्म पढ्नेहरुलाई जुनियर  र कक्षा ५ देखि कक्षा ८ सम्म पढ्नेहरुलाई सिनियर ग्रुपमा राखेर गरिएको फाइनल मेगा इभेन्ट कार्यक्रममा ५ जना राष्ट्रिय स्तरका कलाकारहरुले निर्णायक मण्डलको भुमिकामा निभाएको आयोजकले जनाएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here