पत्रकार भण्डारीको पहलमा गरिब बिद्यार्थीलाई ६० हजार नगद सहित स्टेशनरी र झोला सहयोग

511

दोलखा। दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलंखाका तिन जना बालबालिकालाई ६० हजार नगद रकम सहित स्टेशनरी र स्कुल झोला सहयोग गरिएको छ। पत्रकार गोकर्णप्रसाद भण्डारीको पहलमा केहि ब्यक्तिहरुबाट संकलन गरेर जम्मा भएको साठ्ठी हजार रकम र स्टेशनरी तथा स्कुल झोला आज एक कार्यक्रमका बिच हिमालय माबि चिलंखामा पुगेर बिद्यालयका शिक्षकशिक्षिका र वडा अध्यक्ष मधुकर गुरुङको रोहबरमा बालबालिकाका बुबा कृष्ण बहादुर खड्कालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका पत्रकार गोकर्णप्रसाद भण्डारीले आमाको मृत्यु भएको र बुवाको शारिरिक अबस्था कमजोर भएका कारण आफुहरुले गरिब बालबालिकालाई सहयोग गरेको बताउँदै आमाको मृत्यु भएकै कारण र बुवा अपाङ्ग भएका कारण उनिहरुका तिन जना छोराछोरीको पढाई नबिग्रीयोस भनेर आर्थिक संकलन गरि सहयोग रकम हस्तान्तरण गरेको बताए । स्टेशनरी र रकम दोलखाका केहि शैक्षिक क्षेत्रमा लागेका ब्यक्तीहरुले गरेका थिए ।
रकम र स्टेशनरी सहयोग गर्नेहरुमा अल्पाईन पब्लिक स्कुल चरिकोटका प्रीन्सिपल उद्धब थापा सत्र हजार पाँच सय, द राईजिङ स्टार बोडिङ स्कुलका प्रीन्सिपल उपेन्द्र अधिकारी सत्र हजार,झापा दमक नगरपालिका घर भएका भिमेश्वर नगरपालिकाका श्रोत ब्यक्ती सोम तिवारी पन्ध्र हजार, दोलखा कालिन्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानी मलेपुकी बिन्दीया खड्का ५ हजार ,शैलुङ गाउँपालिका वडा नम्बर ६ भुषाफेदाकी अहेब शशि लामा ५ हजार र स्टेशनरी गोरखा जिल्ला पालुङटार घर भएकी हाल चरिकोटमा स्टेशनरी ब्यवसाय संञ्चालन गर्दै आएकी आचार्य बुक्स एण्ड स्टेशनरीकी सकुन्तला आचार्य एक बर्षका लागि कपि, कलम सहित अन्य सामाग्री र चरिकोट सातदोबाटो चोकमा रोयल क्याफे संञ्चालन गरिरहेका पुस्कर अधिकारीबाट तिनवटा झोला संकलन गरि हस्तान्तरण गरिएको हो ।
गएको २९ गतेको भुकम्पमा आमा दुर्गा खड्का गुमाएका र बाबु कृष्ण बहादुर खड्काको अत्यतै कमजोर शारिरिक अबस्थाका कारण १२ बर्षिय रञ्जिता खड्का १० बर्षिय रबिन्द्र ५ बर्षिय सञ्जिताको पठनपाठनका लागि समस्या भएपछि फेसबुक मार्फत पत्रकार भण्डारीले सहयोग रकम संकलन अभियान चलाएका थिए । सोहि कार्यक्रममा सहयोग रकम आफ्नी आमा पुर्णमाया खड्काको मृत्युको सम्झनामा कालिन्चोक गाउँपालिका वडा नम्बर ८ की बिन्दीया खड्काले पाँच हजार हस्तान्तरण गरेकी दिईन् । कार्यक्रममा पत्रकारहरु उषा तमाङ, श्रीजन घिमिरे, समाजसेबी बिन्दीया खड्का लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष मधुकर गुरुङको अध्यक्षतामा समपन्न भएको थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here