दोलखा। दोलखाको तामाकोसी नदीमा जताभावी स्काभेटर चलाएर अवैध रुपमा वालुवा निकाल्दै नदिको स्वरुपनै बिगारेर खाल्डाखुल्डी बनाउदा नदी कुरुप मात्रै भएको छैन, सर्वसाधारण नागरिकलाई ज्यान जोगाउन समेत मुस्किल भएको छ।
अहिले वालुवा तस्करीका लागि राम्रो थलो बन्दै गएको तामाकोसी नदीमा अवैध तरिकाले स्काभेटरले बालुवा निकाल्दा बनेको पोखरीमा डुवेर शैलुङ गाउँ पालिका वडा नम्बर-८ चित्रे घर भएका एक युवकको मृत्युु भएको छ।
बा ४ ख २९७ नम्बरको मिनी ट्रकमा सहचालकको रुपमा काम गर्ने १४ वर्षको प्रकाश तामाङको खोलामा नुहाउने क्रममा स्काभेटरले बालुवा निकालेको खाल्डोमा डुबेर मृत्युु भएको हो।
बैत्यश्वर गाउँपालिका वडा नम्बर – ६ स्थित  ठुलोबगरमा बालुवा लिन गएको बेला अाज दिउसो १२:३० वजे तिर सो घट्ना भएको गाडीको चालक दिनेश तामाङले जानकारी दिए। “वालुवा निकालेर लानको लागि गाडी बगरमै राखेका थियौँ।” उनले भने, “गर्मी भो भन्दै  प्रकाश भाइ नुहाउन खोलाको डिलमा बसेको थियो, म  गाडीमा एकछिन बसेर बाहिर हेर्दा मान्छे देखिन।” सबैलाई खबर गरेर दहमा खोजी गर्दा लास भेटेको चालक तामाङले जानकारी दिए।
अहिले लासलाई तामाकोसी वगरमा नै राखेर मुचुल्का उठाउने काम भईरहेको र आफन्त आएपछि पोष्टनैर्टमको लागि चरिकोट पठाउने प्रहरी असइ  विजय प्रसाद अधिकारीले जानकारी दिए।
२०६८ साल कार्तिकमा पनि चरिकोटका एक युवकले सोही स्थानमा स्काभेटरले बालुवा झिक्दा बनेको पोखरीमा ज्यान गुमाउनु परेको थियो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here